सकियो कबड्डीको साधारण सभा
Manoj Shiama
26 January, 2026 9:28 pm

अखिल नेपाल कबड्डी सङ्घको चौथो वार्षिक साधारण सभा सोमबार सम्पन्न भयो । सिनमगल स्थित होटेल रोयल एयरपोर्टमा राखेपका सदस्य सचिव राम चरित्र मेहताको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा ३५ जिल्लाको सहभागिता थियो । नेपाल कबड्डीमा ४२ जिल्ला आबद्ध छन् ।
साधारण सभाले महासचिवको प्रतिवेदन तथा कोशाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पास गरेको छ । साथै अगामी आर्थिक वर्ष ८२÷८३ को लागि ४ करोड ६० लाख को बजेट समेत पास गरियो ।
नेपालमा धेरै खेल सङ्घ सही ढङ्गले चल्न नसकेको समयमा कबड्डी भने आफूलाई व्यवस्थित रूपले सञ्चालन गर्ने सीमित खेल सङ्घ मध्य एकको रूपमा रहेको छ ।
