कराते टोली दुबई प्रस्थान


प्रिमियर लिग कराते च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली मंगलबार दुबई प्रस्थान गरेका छन् । मार्च २९ देखि अप्रिल २ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ८४ केजीमुनि विप्लव श्रेष्ठ र ७५ केजीमुनि विनोद महर्जनले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा  दीपक श्रेष्ठ र टिम व्यवस्थापकमा उमेश मल्ल रहेका छन् । प्रशिक्षक श्रेष्ठ प्रतियोगिता दौरान हुने डब्लुकेएफ कोचेस सेमिनारमा पनि सहभागी हुनेछन् । श्रेष्ठले २०१२ मा एकेएफ कोचेसको लाइसेन्स लिएका थिए ।
टोलीलाई नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, कराते मुख्य प्रशिक्षक शोभितराज प्रसाईं र राष्ट्रिय खेलाडी पर्शुराम बाँस्तोलाले एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment