बोदीसदन पहिलो

प्रथम बुढानिलकण्ठ उपत्यकाब्यापी तेक्वान्दो प्रतियोगितामा बोदिसदन तेक्वान्दो डोजाङ्ग ७ स्वर्ण, ५ रजत र ४ कास्य प्राप्त गरी पहिलो भएको छ ।   त्यसैगरी ओस्कर तेक्वान्दो डोजाङ्ग ४ स्वर्ण, २ रजत र ३ कास्य प्राप्त गरी टिम द्वितीय र नवविहानी तेक्वान्दो डोजाङ्ग ४ स्वर्ण, १ रजत र २ कास्य प्राप्त गरी टिम तृतीय भएका छन् । बेस्ट फाइटरको उपाधि पुरुषतर्फ निराजन खड्काले र महिला तर्फ गंगा कार्कीले प्राप्त गरे । बुढानिलकण्ठ तेक्वान्दो डोजाङ्ग र राष्ट्रिय विद्यालय तेक्वान्दो महासंघको संयुक्त आयोजनामा भएको प्रथम बुढानिलकण्ठ उपत्यका तेक्वान्दो  प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय विद्यालय तेक्वान्दो महासंघका अध्यक्ष  टंक भट्टराई, राष्ट्रिय तेक्वान्दो संघ–नेपालका महासचिव  राजकुमार कार्की र काठमाण्डौ जिल्ला खेलकुद विकास समितीका  ध्रुव राज न्यौपानेले पुरस्कार वितरण गरे ।

पुरुष क्योरुगी तर्फ २० केजी सम्म तौल समूहमा स्टार तेक्वान्दो डोजाङ्गका करण लामा प्रथम र बोदिसदन तेक्वान्दो डोजाङ्गका विकास खतिवडा द्वितीय भए । २०–२५ केजी तौल समूहमा नवविहानी तेक्वान्दो डोजाङ्गका एलिस सिंह प्रथम र स्टार तेक्वान्दो डोजाङ्गका रोजित लामा द्वितीय भए  । २५–३० केजी तौल समूहमा घट्टाराजका विजय प्रथम र नवविहानी तेक्वान्दो डोजाङ्गका प्रशन्न राई द्वितीय भए । ३०–३५ केजी तौल समूहमा नवविहानी तेक्वान्दो डोजाङ्गका विज्ञान सिंह प्रथम र घट्टाराजका राज देवारी द्वितीय भए । ३५–४० केजी तौल समूहमा शिक्षालय नेपाल तेक्वान्दो डोजाङ्गका अर्जुन श्रेष्ठ प्रथम र बोदिसदन तेक्वान्दो डोजाङ्गका इसान न्यौपाने द्वितीय भए ।

४०–४५ केजी तौल समूहमा बोदिसदन तेक्वान्दो डोजाङ्गका मिलन तामाङ्ग प्रथम र शिक्षालय नेपाल तेक्वान्दो डोजाङ्गका अर्जुन श्रेष्ठ द्वितीय भए । ४५–५० केजी तौल समूहमा नवविहानी तेक्वान्दो डोजाङ्गका सुमित लामा प्रथम र वोदिसदन तेक्वान्दो डोजाङ्गका सुमन तामाङ्ग द्वितीय भए । ५०–५५ केजी तौल समूहमा बोदिसदन तेक्वान्दो डोजाङ्गका विवेक बस्नेत प्रथम र साइनिङ्ग स्टारका उचित द्वितीय भए । ५५–६० केजी तौल समूहमा बोदिसदन तेक्वान्दो डोजाङ्गका निराजन खड्का प्रथम र बुढानिलकण्ठ तेक्वानदो डोजाङ्गका सुमन तामाङ्ग द्वितीय भए । त्यसैगरी पुम्सेतर्फ नवविहानी तेक्वान्दो डोजाङ्गका एलिस सिंह प्रथम र शुभकामना तेक्वान्दो डोजाङ्गका सुरज लामा द्वितीय भए  ।

महिला क्योरुगीतर्फ २० केजी सम्म तौल समूहमा केयुसिटीकी लासाङवो सितुङ प्रथम र बोदिसदन तेक्वान्दो डोजाङ्गकी राधिका मगर द्वितीय भए  । २०–२५ केजी तौल समूहमा बोदिसदन तेक्वान्दो डोजाङ्गकी अस्मिता तामाङ्ग प्रथम र घट्टाराजकी सरस्वती कार्की द्वितीय भए  । २५–३० केजी तौल समूहमा साइनिङ्ग स्टार तेक्वान्दो डोजाङ्गकी जुनी तामाङ्ग प्रथम र प्रशान्ति तेक्वान्दो डोजाङ्गकी बपेक्षा कुइकेल द्वितीय भए । ३०–३५ केजी तौल समूहमा शिक्षालय नेपाल तेक्वान्दो डोजाङ्गकी मन माया तामाङ्ग प्रथम र बोदिसदन तेक्वान्दो डोजाङ्गकी अनिषा खड्का द्वितीय भए ।५०–५५ केजी तौल समूहमा घट्टाराजकी निपसङ्ग लिम्बु प्रथम र साइनिङ्ग स्टारकी रविना प्रधान द्वितीय भए ।त्यसैगरी पुम्से तर्फ बोदिसदन तेक्वान्दो डोजाङ्गकी सपना लिम्बु प्रथम र सिल्भर स्राइन तेक्वान्दो डोजाङ्गकी प्रमिला गुरुङ्ग द्वितीय भए ।

Comment