साग पदक विजेता खेलाडी सम्मान


ढल्को तेक्वान्ढो डोजाङ क्षेत्रपाटीले १२औँ दक्षिण एसियाली खेलकुद(साग)मा तेक्वान्दो खेलमा पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । शनिबार ढल्कुस्थीत आयोजित एक कार्यक्रमको अवसरमा आठ तेक्वान्दो खेलाडीलाई डोजाङले सम्मान गरेको हो । गुरुचेला पुर्नमिलनको अबसरमा सागमा रजत पदक विजेता खेलाडी आयशा शाक्य, ज्ञानी चुनारा, यामकुमारी चौलागाई र रेजिना कार्कीलाई डोजाङले सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेको थियो ।

त्यस्तै सागमा रजत विजेता सक्षम कार्की र विर बहादुर महरा तथा कास्य पदक विजेता रामहरी महत र निश्चलमान श्रेष्ठ सम्मानपत्रद्धारा डोजाङले सम्मान गरेको छ । खेलाडीलाई रक्षामन्त्री बालकृष्ण खाँडले सम्मानपत्र ,संसाद भिमसेन दास प्रधान ,नगेन्द्र कुमाल र डोजाङका प्रमुख राजेन्द्र पुजारी लगायतले सम्मान गरेका थिए । सो अवसरमा परिचित खेलाडी अनोज पुजारी,सुजन पुजारी र सिता तमाङलाई पनि सम्मान गरिएको कार्यक्रम संयोजक गोपी पुन मगर(गगन) ले बताए ।

Comment