सोम सम्मानित


कमला कार्की स्मृति प्रतिष्ठानले पारा तेक्वान्दो खेलाडी सोमबहादुर सुनुवारलाई आइतबार नगदसहित सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय पारा तेक्वानदो प्रतियोगितामा पदक जित्दै राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्न सफल भएकोमा प्रतिष्ठानले सोमलाई सम्मान गरेको हो । गत वर्षको अगष्टमा भारतको हैदराबादमा भएको प्रथम अन्तर्राष्ट्रिय पारा तेक्वान्दोको के– ४२ क्याटगोरीको ६० केजीमाथि तौलसमूहमा सोमले स्वर्ण जितेका थिए ।
नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सोमलाई नगद १० हजार १ रुपैयाँसहित सम्मान पत्र प्रदान गरी सम्मान गरे ।
सोही अवसरमा प्रतिष्ठानले तेज गंगा बहुमुखी क्याम्पसकी प्रमुख डा. अम्बुभवानी कार्कीलाई नगद ५० हजार १ रुपैयाँ र सम्मान पत्रद्वारा सम्मान गरेको थियो । गायिका रेखा शाह र पत्रकार निर्मला शर्मा पनि समान १० हजार १ रुपैयाँ र सम्मान पत्रबाट सम्मानित भए । उनीहरुलाई सांसद् उमेशलाल श्रेष्ठले नगद र सम्मान पत्र प्रदान गरे ।

Comment