उसुमा आर्मी च्याम्पियन

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको उसु खेलमा नेपाली सेनाले स्वर्ण बर्चश्व कायम गरेको छ । अमर सेवा समाजको कबर्डहलमा भएको फाईनल खेलमा नेपाली सेनाले १० स्वर्ण पदक सहित ४ वटा रजत र ५ वटा कास्य पदक हात पारेको छ । नेपाली सेनाका तर्फबाट उसुको थावलु तर्फ विजय थापा सिन्जाली, हरि प्रसाद गोले, सबिता राई, ओशिन राई, निमा घर्तिमगरले स्वर्ण पदक हात पारे भने सान्सौं तर्फ चित्र सिंह ठकुरी, रामचन्द्र बराल, लुमन्ति श्रेष्ठ र बिन्दु पुनले स्वर्ण पदक हात पारे । नेपाल आर्मी क्लब राजीव मर्हजनको प्रशिक्षणमा छ ।
त्यसै गरि अर्को विभागिय टोलि सशस्त्रले ६ वटा स्वर्ण पदक सहित ३ रजत र ४ कास्य पद जितेको छ । सशस्त्रका तर्फबाट थावलु तर्फ सुस्मिता तामाङ, सान्सौं तर्फ अशोक खालिङ, अमर सुनार, मंगल प्रसाद थारु, संजीव महर्जन, तेज बहादुर पल्लीले स्वर्ण पदक जितेका हुन् । अर्को विभागिय टोलि नेपाल पुलिसका तर्फबाट प्रेमचन्द्र सिंह दर्लामी र जुनी राईले सान्सौं तर्फबाट स्वर्ण पदक पाए भने १ वटा रजत र ४ वटा कास्यमा पुलिसले चित्त बुझाएको छ । यता मध्यमाञ्चलबाट सान्सौं तर्फ क्रान्ति लामा, अन्जली श्रेष्ठ, थावलु तर्फ राजु लामाले स्वर्ण हात पारे भने ५ वटा रजत र ५ वटा कास्य हात पारेको छ । घरेलु मैदानमा आयोजना गरिएको सातौं राष्ट्रिय खेलकुदको उसु तर्फ पुर्वाञ्चल स्वर्ण पदक विहिन भएको छ । आजको फाइनलमा ४ वटा रजत सहित ६ वटा कास्य पदक हात पारेको छ । त्यस्तै पश्चिमाञ्चलले १ वटा रजत र ४ वटा कास्य पदक प्राप्त गरेको छ । त्यस्तै मध्यपश्चिमाञ्चलबाट थावलु तर्फ दिपक हमालले १ स्वर्ण पाए भने १ वटा रजत र ३ कास्य पाएका छन् । सुदुरपश्चिमाञ्चलबाट सान्सौ तर्फ एलिना चौधरीले स्वर्ण पदक हात पारिन् भने ४ रजत र ६ वटा कास्य हात पारेका छन् ।

Comment