विजयलाई स्वर्ण पदक

Manoj Shiama
27 December, 2016 8:16 am

सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत धरानमा सञ्चालन भएको उस्सु अन्र्ततको सोमबार थाउलो विधाको पुरुष छाङ्गछवान मा ९.२० अंक ल्याउदै विभागीय टिम नेपाली सेनाका विजय थापा सिंजालीले स्वर्ण जितेका छन् । आइबारै भएको सोमबारे थाउलो विधाको महिला छाङ्गछावानमा ८.२५ अंक जोड्दै शशस्त्रकी सुस्मिता तामाङले स्वर्ण जितेका छन् ।
प्रतियोगिता अन्तर्गत पुरुष छाङ्गछ्वान मा ९ अंक ल्याउदै मध्यमाञ्चलका कुमार सिंजाली मगर रजत र ७.८० अंक जोडदै कृजो आलेमगर कास्य पदक हात पारेका छन् । महिलातर्फ भने मध्याञ्चलकी जुना स्याङ्बो लामाले ७ अंक जोड्दै रजत तथा सुदुरपश्चिमाञ्चलकी आलिसा खातीले ६.८० अंक जोड्दै कास्य पदक हात पारेकी छन् ।
उसु अन्र्तगतको सोमबार भएको पुरुष थायची छ्वान अलराउण्डमा नेपाली सेनाका हरी प्रसाद गोले ले स्वर्ण जितेका छन् भने पुर्वाञ्चलका पासाङ शेर्पाले रजत र शसस्त्र प्रहरीका विवेक श्रेष्ठले कास्य पदक हात पारेका छन् । त्यस्तै महिला थायची छ्वान अलराउण्डमा पनि नेपाली सेनाकी सविता राइले स्वर्ण जितिन् भने सेनाकै करण मर्हजनले रजत हात पर्दा सुदुर पश्चिमकी सम्झना चौधरीले कास्य पाइन् । सोमबारै भएको पुरुष ताव सु कुन्सु अलराण्डमा मध्यामाञ्चलका राजु लामाले स्वर्ण हात पारेका छन् भने नेपाल प्रहरीका राजिब तामाङले रजत जितेका छन् । कास्य भने नेपाली सेनाका विश्व बुढा मगरले जितेका छन् ।
यस्तै उस्सुतफकै सेन्सो विद्याको खेलमा पुरुषतर्फका सम्पूर्ण सेमी फाइनल खेलहरु समाप्त भएका छन् । पुरुष तर्फ को फाइनलमा ४८ केजी पुरुषतर्फ सशस्त्र प्रहरीका अशोक राई र गणेश लिम्बु फाइनलमा भिड्ने भएका छन् । यसैगरी ५२ केजी तौल समूहमा मध्य पश्चिमा ञ्चलका अरुण बस्नेत र मध्याञ्चलका कान्ति लामा भिड्ने भएका छन् भने ५६ केजी तौल समूहमा नेपाली सेनाका राजेश चौधरी र सशस्त्र प्रहरीका अमर सुनार, ६० केजी तौल समूहमा सशस्त्रका मंगलसिंह थारु र नेपाली सेनाका पदम राई फाइनलमा प्रतिष्पर्धा गर्ने भएका छन् । यस्तै ६५ केजी तौल समूहमा सशस्त्रका सञ्जिव महर्जन र पूर्वाञ्चलका उपेन्द्र मारिकबीच प्रतिष्पर्धा हुने भएका छ । यसैगरी ७० केजी तौल समूहमा नेपाली सेनाका चित्रसिंह ठकुरी र सशस्त्रका वीरेन्द्रसिंह कोतारी, ७५ केजी तौल समूहमा प्रहरीका प्रेमचन्द्र दर्लामी र सुदुरपश्चिमका कालुसिंह कार्की, ८० केजी तौल समूहमा पश्चिमाञ्चलका अनुप खड्का र नेपाली सेनाका र रामचन्द्र बराल र ८५ केजी तौल समूहमा नेपाली सेनाका किरण साउत र शसस्त्रका तेजबहादुर पल्लीले फाइनलमा भिड्ने पक्का भएको छ । त्यसै गरि अहिलाहरुको फाइनल खेलका ४८ केजी तौल समुहमा सुदुर पश्चिमाञ्चलकी एलिना चौधरी र मध्यमाञ्चलकी शोभा लामा विच भिडन्त हुदैछ भने ५२ केजी तौल समुहमा सुदुर पश्चिमाञ्चलकी निशा विक र मध्यामाञ्चलकी अञ्जली श्रेष्ठ भिड्दै छन् । ४६ केजी तौल समुहमा सुदुर पश्चिमाञ्चकी रिता ठकुल्ला र नेपाल प्रहरीकी जुनी राई भिड्दै छन् भने ६० कजे तौल समुहमा सुदुर पश्चिमाञ्चलकी मनिष रावत र नेपाली सेनाकी लुमन्ती श्रेष्ठ बिच प्रतिष्पर्धा हुदा ६५ केजी तौल समुहमा नेपाली सेनाकी अरुण राई र पुर्वाञ्चलकी प्रिजिण्टा तामाङ आमने समाने हुदैछन् भने ७० केजी तौल समहुममा पुर्वाञ्चलकी तनुजा दर्जी र नेपाली सेनाकी विन्दु पुन भिड्दै छन् ।