फरक तौल स्पर्धामा पनि सक्षम सफल

नेपाल आर्मी क्लबका सक्षम कार्कीले सातौ राष्ट्रिय खेलकुद अन्तरगतको ८७ किलो तौल समुहमा स्वर्ण पदक जितेका छन् । ७४ किलो तौल समुहमा राष्ट्रिय टोलीमा प्रबेश गरेका सक्षमले साग खेलमा ८० किलोमा रजत पदक जितेका थिए । सक्षमले फाइनलमा नेपाल पुलिस क्लबका अनोज पुजारीलाई हराए । मध्यपश्चिमका पारस विक्रम शाह र पूर्वाञ्चलका दुर्गा बहादुर थापा तेश्रो भए । महिला ६२ किलोमा आर्मीमै प्रतिज्ञा भण्डारी पहिलो हुदा पश्चिमकी ममता गर्वुजा दोश्रो तथा पूर्वाञ्चलका दिक्षा लीम्बु र मध्यमाञ्चलका जमुना पाठक तेश्रो भए । महिला हेभीवेटमा ओलम्पियन निसा रावल पहिलो हुदा पुलिसकी राधीका श्रेष्ठ दोश्रो भए । पूर्वाञ्चलकी वाला शाक्य र मध्यपश्चिमकी संगीता शाक्य तेश्रो भए ।
पुरुष ५८ किलो तौल समुहमा पुलिसका रञ्जन श्रेष्ठलाई हराउदै आर्मीका सागर गुभाजु पहिलो भए । पूर्वाञ्चलका अर्गुम सुनुवार र मध्यमाञ्चलका युजल गुरुङ्ग तेश्रो भए ।

Comment