उसुमा विभागीय टोलीको प्रभाव

सातौ राष्ट्रिय खेलकुद अन्तरगत उसुतर्फ क्वार्टरफाइनलका खेलहरु समाप्त भएका छन् । धरान १३ अमरहार्ट कभर्डहलमा आइतबारदेखि शुरु भएको प्रतियोगितामा ४८ देखि ७० केजी तौल समूहमा ३४ जना महिला तथा पुरुष खेलाडीहरु सेमी फाइनलमा प्रवेश गरेका हुन् ।
सेमिफाइनल पुग्ने खेलाडीमा विभागीय टोलीको वर्चस्व रह्यो । पुरुषमा चार जना एपीएफ, ६ जना आर्मी, ४ प्रहरीका छन् भने पूर्वाञ्चलका ४, पश्चिमाञ्चलका ४, मध्यपश्मिाञ्चलका २, सुदूरपश्मिाञ्चल ४ र मध्यमाञ्चलका खेलाडी छन् । यसैगरी महिला तर्फ पनि विभागीय टिमकै दबदबा छ । महिलातर्फ ६ जना सेमी फाइनलमा प्रवेश गरेका छन् । ती मध्ये प्रहरी र आर्मीबाट एक÷एक जना विजयी बनेका छन भने सुदुरपश्मिाञ्चलका दुई, पूर्वाञ्चलका एक, मध्यपश्मिाञ्चलका एक जना सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

Comment