सेनाको विजयी सुरुवात

सातौं राष्ट्रिय खेलकुद अन्तरगत विराटनगरको डिएबी स्कुलमा भएको पुरुषतर्फको पहिलो खेलमा मध्यामाञ्चललाई ८–० को गोल अन्तरले हराउँदै नेपाली सेनाले जित हासिल गर्न सफल भयोे । नेपाली सेनाको तर्फबाट प्रेम दराई, सत्यनारयण चौधरी, स्यामुएल राई, राम साहले १÷१ गोल गरेका थिए भने दिपेन्द्र एयर र प्रदिप राजवंशीले २÷२ गोल गरे । सुदूरपश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई ४–२ गोल अन्तरले हरायो । सुदूरपश्चिमाञ्चलको तर्फबाट गणेश टमटा, सुरेश प्रसाद जोशी, राजेन्द्र राजवंशी रकेशब राजवंशीले गोल गरे । मध्यपश्चिमाञ्चलबाट सलमान इद्रीसी र सहिद अलिले गरे ।महिलामा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई ४–१ गोल निराश पा¥यो । सुदूरपश्चिमाञ्चलका सिमा चौधरी र नर्बदा जोशीले १÷१ गोल गरेका थिए भने शिल्पा डोगौराले २ गोल गरेकी थिइन् । पश्चिमाञ्चलल े पूर्वाञ्चललाई ४–० को गोल अन्तरले पन्छायो । विजयी टिमका लागि कमला राना मगर र सोनी गुरुङ्गले २÷२ गोल गरेका थिए । प्रतियोगितामा पाँच विकास क्षेत्र र एक विभागीय टिम सेना गरी ६ टिम सहभागी छन् ।

Comment