ह्यान्बडलमा एपीएफ जित्ने बन्दनाको बिश्वास


शुक्रबार उद्घाटन भएको सातौ राष्ट्रिय खेलकुदका नतीजाबारे आकलन सुरु भइसकेको छ । पछिल्ला दुइ सस्करणमा सहभागिता नजनाएको नेपाल आर्मी क्लब यस पटक बलियो रुपमा देखिएको छ । धेरै खेलमा परिचित अनुहारलाई टोलीमा आबद्ध गरे पछि आर्मी क्लब बलियो देखिएको हो । तथापी टिम गेमको भने परिश्थिती फरक रहेको छ । फुटबलमा सबैसम्भावना खुला रहेको छ । भलीबलको पुरुष स्पर्धामा राष्ट्रिय टोली नेपालमा नरहेको कारण यकिन गर्न कठिन रहेको छ । महिलामा एपीएफ उत्कृष्ट रहेकोमा धेरैको सहमती छ ख । ह्यान्बलमा भने महिला र पुरुष दुवैमा एपीएफ राम्रो टोलीको रुपमा रहेको छ ।
यसै टोलीमा एक प्रतिभासाली खेलाडी बन्दना राइ यस पटक पनि एपीएफ नै च्याम्पियन बन्नेमा ढुक्क रहेकी छिन् । खोटाङकी बन्दना सन् २०१० मा महारञ्जगञ्जमा भएको खेलमा उदयपुरलाई जिताउन सफल भएकी थिइन् । त्यसको दुइ बर्ष पछि एपीएफमा बन्दना आबद्ध भए पछि पोखरामा भएको लुम्बीनी राष्ट्रि च्याम्पियनसीप जिताउन सफल भएकी थिइन् । आइएचएफ हक्की लगायत केही अन्तराष्ट्रिय प्रतियोगिताका साथै राष्ट्रिय प्रतियोगितामा समेत राम्रो प्रदर्शन गरेकी उनी अहिले पनि राम्रो लयमा रहेकी छिन् ।

Comment