नेपाललाई दुई स्वर्ण

Manoj Shiama
12 December, 2016 12:24 pm


हंगेरीमा आइतबार सम्पन्न ओपन सितोरियो कराते वल्र्ड कपमा नेपाली खेलाडीले २ स्वर्णसहित ४ पदक जितेका छन् ।
पुरुषको ८० केजीमा जनकसिंह खड्का र महिलाको ६० केजीमा मालिका थापाले नेपाललाई स्वर्ण दिलाए । त्यस्तै पुरुष ६५ केजीमा विजय लामा र महिला ५० केजीमा अनु अधिकारीले रजत जिते । नेपाल टोलीको नेतृत्व रामकृष्ण श्रेष्ठ (बोस) छन् ।