मध्यपश्चिमाञ्चल उसुमा सुर्खेतको प्रभाव

मध्यपश्चिमाञ्चलबाट पूर्वाञ्चलमा आयोजना हुने सातौ राष्ट्रिय प्रतियोगिताका उसुको लागि सान्सौ तर्फ पुरुषको ४८ केज्ीमा तौलमा बाँकेका टिकाराम रोकाया, ५२ केजीमा बर्दियाका अरुण बस्नेत, ५६ केजीमा डोल्पाका बशन्त शाही, ६० केजीमा सुर्खेतका राजेन्द्र शाही, ६५ केजीमा बर्दियाका रुपेश थपलिया, ७० केजीमा सुर्खेतका कर्ण बहादुर चौधरी, ७५ केजीमा सुर्खेतका रामबहादुर राना भुपाल, ८० केजीमा दैलेखका दिपेन्द्र श्रेष्ठ छनोट भएका छन् ।
यस्तै महिला तर्फ ४८ केजीमा सुर्खेतकी माया चलाउने, ५२ केजीमा बर्दियाकी चादकुमारी चौधरी, ५६ केजीमा डोल्पाकी कमला बोहरा, ६० केजीमा सुर्खेतकी गोमा आफ्रे, ६५ केजीमा डोल्पाकी तारा शाही छनोट भएका छन् । यसैगरि छा छवानको पुरुष तर्फ बर्दियाका रोहित नेपाली र महिलामा दैलेखकी अमिषा बुढामगर, नानछवानमा पुरुष तर्फ सुर्खेतका दीपक हमाल र महिलामा दैलेखकी जानकी शाही, थाईची अल राउन्डमा पुरुष तर्फ दैलेखका सुजना राउत र महिला तर्फ बर्दियाकी रोशनी क्षेत्री, कुन्सु तावसुमा पुरुष तर्फ सुर्खेतका दिनेश बस्नेत तथा चियन सु छिया सुमा महिला तर्फ बर्दियाकी प्रशंशा पाण्डे मगर छनोट हुन सफल भएको सातौ राष्ट्रिय खेलकुद सचिवालयले जानकारी गराएका छन् ।

Comment