उसुको छनोट

पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुदका प्रतियोगिताका लागी पश्चिमाञ्चलबाट उसुको सान्सौ पुरुष तर्फ ४८ केजीमा रुपन्देहीका माधव राज अर्याल, ५२ केजीमा रुपन्देहीका शैलेश्वर राई ५६ केजीमा कपिलवस्तुका मनोज थारु, ६० केजीमा रुपन्देहीका मदन थापा, ६५ केजीमा म्याग्दीका योगेन्द्र थापा, ७० केजीमा बाग्लुङ्गका किरण घर्ती, ७५ केजीमा बाग्लुङ्गका सुन्दर श्रीस र ८० केजीमा बाग्लुङ्गका अनुप खड्का छनोट भएका छन् ।
यस्तै महिला तर्फ ४८ केजीमा बाग्लुङ्गकी रेखा बोहरा, ६० केजीमा कास्कीकी पुजा गुरु, ६५ केजीमा किरण राई र ७० केजीमा सुविसा शर्मा छनोट भएका छन् ।
यसै गरि छाछवानमा पुरुष तर्फ रुपन्देहीका विकुश शाक्य र महिलामा बाग्लुङ्गकी सोनाम खत्री, नानछवानमा पुरुषमा रुपन्देहीका रुद्र प्रसाद थारु र महिलामा बाग्लुङ्गकी सोफिया मल्ल, थाईची अलराउन्डमा पुरुष तर्फ कास्कीका आशिष बम र महिला मा बाग्लुङ्गकी दिपशिखा किसन छनोट भई पूर्वाञ्चलको लागि टिकट काट्न सफल भएका छन् ।

Comment