सुदुर पश्चिमका उसु खेलाडी छनोट

सातौ राष्ट्रिय प्रतियोगिताको लागि सुदूरपश्चिमाञ्चलबाट खेलाडी छनोट भएका छन् । सान्सौ तर्फ ४८ केजीमा कैलालीका टेकराज श्रीमाल, ५२ केजीमा बझाङ्गका जीवन बिष्ट, ५६ केजीमा कैलालीका जीवन रोक्का मगर, ६० केजीमा कैलालीका बालकृष्ण चौधरी, ६५ केजीमा कैलालीका नरेश बहादुर सिंह, ७० केजीमा कन्चनपुरका नरेश बहादुर बोहरा, ७५ केजीमा कैलालीका कालु सिंह पार्की, ८० केजीमा कैलालीका पृथ्वीराम चौधरी पुरुष तर्फ छनोट भएका छन् । यस्तै महिला तर्फ ४८ केजीमा कैलालीकी एलिना चौधरी, ५२ केजीमा रिता ठगुल्ला, ५६ केजीमा कैलालीकी निषा वि.क., ६० केजीमा कैलालीकी मनिषा रावत छनोट भएका छन् ।
यसैगरि छा छवान महिलामा कैलालीका अलिशा खती र पुरुषमा रविन चौधरी, नानछवानमा महिलामा कैलालीकी एशिशा खाती र पुरुषमा राजेश वि.क., थाईचि अल राउन्डम महिलामा कैलालीकी संझाना चौधरी र पुरुषमा खगेन्द्र बुढा, कुन्सु तावसुमा पुरुष तर्फ कैलालीका बालचन राना र चियन सु छिया सुमा महिला तर्फ कन्चनपुरीक आरती चौधरी छानिएका छन् ।

Comment