सोतोकान कराते टोली भारत प्रस्थान

sotokan-bidaie
२५ औं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली सोतोकान कराते टोली बुधबार भारतको कोलकता प्रस्थान गरेको छ । डिसेम्बर ९ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा २५ पुरुष र १० महिला गरी ३५ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । खेलाडी, अफिसियल र निर्णायकसहित नेपाली टोली संख्या ३८ सदस्यीय रहेको छ ।
टोलीको नेतृत्व नेपाल सोतोकान कराते डो संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले गर्ने छन् । शेर्पा भने शुक्रबार मात्रै जाँदैछन् । विभिन्न ५२ स्पर्धा समावेश प्रतियोगितामा नेपालका कृष्णकुमार मानन्धर र सीता श्रेष्ठले पनि निर्णायकको भूमिका निर्वाह गर्नेछन् । टोलीलाई बुधबारै संघका पदाधिकारीले एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment