विश्व च्याम्पियनसिपमा जाने खेलाडीलाई विदाई

karate-newse
हगेरीको बुढापेस्टमा ९ देखि ११ डिसेम्बरमा हुने विश्व खुला सितेरियो कराते च्याम्पियनसिमा सहभागी हुन जाने नेपाली कराते खेलाडीहरुलाई एक कार्यक्रमविच राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक बिष्टले विदाई गरे । मित्र राष्ट्र हङ्गेरीमा आयोजना हुने कराते प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुमा मल्लिका थापा ५० केजी, अनु अधिकारी ५५ केजी, विजय लामा ६० केजी र जनक सिंह खड्का ७० केजी रहेका छन् । टोलीको टिम लिडर तथा ब्यवस्थापकमा राम श्रेष्ठ “बोस” रहेका छन् ।
सेम्प्टेम्बर २०१३ आ जापानमा आयोजना भएको सातौ विश्वा सितेरियो च्याम्पियनसिपमा मल्लीका, अनु र विजय लामाले प्रतिस्पर्धा गरेका थिए । एघारौं सागकी रजत विजेत अनु अधिकारीले उक्त प्रतियोगितामा सेमिफाइनलको यात्रा तय गरेकी थिईन् । उनी जापानकी खेलाडीसंग २ – १ ले पराजित हुन पुगेकी प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराए ।

Comment