पदमलाई पितृ शोक

दीलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङका सल्लाहकार पदम लामालाई पितृ शोक परेको छ । लामाका पिता सूर्यमान बलको ८३ वर्षको उमेरमा शनिबार निधन भएको डोजाङ प्रमुख राजेन्द्र खत्रीले जनाएका छन् ।
स्व. बलको शनिबारै स्वयम्भूमा दाहसंस्कार गरिएको छ । स्व. बलका दुई छोरा र तीन छोरी छन् । डोजाङका प्रमुख खत्रीले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गरेका छन् ।

Comment