हक्की पदाधिकारी दुबईतर्फ

नेपाल हक्की संघका तीन पदाधिकारी अन्तर्राष्ट्रिय हक्की महासंघ (एफआईएच) को ४५ औं कोंग्रेसमा सहभागी हुन मंगलबार दुबई प्रस्थान गरेका छन् । हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठ, उपाध्यक्ष अनिल शर्मा र सचिव रञ्जन थापा कोंग्रेसमा सहभागी हुन दुबई गएका हुन् ।
नोभेम्बर ९ देखि १२ तारिखसम्म चल्ने कोंग्रेसले ४ वर्षका लागि एफआईएचको नयाँ कार्यसमिति चयन गर्ने सचिव थापाले जनाएका छन् ।

Comment