दिपक सहित गोबीन्द र टेक अभिनन्दीत

deepak-ae
किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्ट मंगलवार गृह जिल्ला कैलालीमा सम्मानित भएका छन् ।तेक्वान्दो मार्फत नेपाललाई अन्तर्राष्ट्रिय चिनाउनुका साथै सार्क स्तरीय खेलमा चार वटा स्वर्ण पदक मुलुकलाई दिलाउन सफल भए वापत सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति धनगढीले मंगलवार ओलम्पियन बिष्टलाई सम्मान गरेको हो ।मंगलवार धनगढीमा आयोजित एक समारोहमा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले कदर पत्र र दोसल्ला ओढाएर सम्मान किर्तिमानी तेक्वान्दो खेलाडी बिष्टलाई सम्मान गरे । अभाव र बिभिन्न बाधा व्यबधानका बीच सुदूरपश्चिमले दीपक बिष्ट जस्तो खेलाडी जन्माएर देशलाई नै ठूलो गुन लगाएको भन्दै राखेपका सदस्य सचिव बिष्टले कृतज्ञता ज्ञापन गरे ।
उनले अवसर पाए सुदूरपश्चिमा दीपक बिष्टजस्ता खेलाडीहरु हजारौ जन्मिन सक्ने बताए ।राज्यले सुदूरपश्चिलाई बिभेद गरेको बताउदै राखेप सदस्य सचिव बिष्टले सुदूरपश्चिमको खेलकुदको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे ।कार्यक्रममा तेक्वान्दो प्रशिक्षक गोविन्द बिष्ट र व्यापारी टेक बहादुर बोगटीलाई पनि सम्मान गरिएको थियो ।

Comment