टिमोरसंगको खेलका लागि नेपाल तयार

nepal-previewe
नेपालले मलेसियामा जारी सोलीडारिटी कप फुटबलको पहिलो खेल शनीबार टिमोर लेस्टसंग खेल्दै छ । टिमोरले समुहको पहिलो खेलमा ब्रुनाइसंग ४–० को पराजय भोगीसकेको छ । तथापी नेपाली टोलीका प्रशिक्षक गोयतोकु कोजीले टिमोरसंगको खेललाई हलुकाढंगले नलीने बताएका छन् । टिमोरका प्रशिक्षक फाबीयो डि सिल्भाले नेपाल बलियो टोली भएको स्वीकार्दै आफ्नो टोलीले पनि राम्रो प्रदर्शन गर्ने बिश्वास ब्यक्त गरे । फीटनेसको समस्याका कारण रजिन धीमाल र रञ्जन विष्टले पहिलो खेलमा आराम गर्ने सम्भावना रहेको छ ।

Comment