पारा तेक्वान्दो कोर्सका लागि कुँवर र लामा कोरिया प्रस्थान

para-team1
दक्षिण कोरियाको मुजु शहरमा हुने पारा तेक्वान्दो कोर्समा सहभागी हुन तेक्वान्दका दुई प्रशिक्षक त्यसतर्फ प्रस्थान गरेका छन् । पारा तेक्वान्दोका प्रशिक्षक कल्याण कुँवर र तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा तेक्वान्दो पार्टनरसिप अन्तर्गतको कोर्समा सहभागीता जनाउनेछन् । विश्व तेक्वान्दो महासघ (डब्लुटिएफ)ं ले पारा तेक्वान्दो खेल विकासका लागि आयोजना गरेको पारा कोर्स १४ दिन सम्म सञ्चालन हुनेछन् ।
नेपालका दुई प्रशिक्षकले अक्टोबर २५ देखि नोभेम्बर सम्म उक्त कोर्सको प्रशिक्षण लिनेछन् । डब्लुटिएफद्धारा आयोजना हुने उक्त तेक्वान्दो क्याम्पमा अन्य दुई एथ्लिट एण्ड एन्स्ट्रक्टर कोर्स तथा क्याडेट क्याम्प पनि हुनेछन् । कुँवर पारा तेक्वान्दोका प्रशिक्षक हुन भने लामा पशुपति तेक्वान्दो डोजाङका प्रशिक्षक हुन् । दुवै प्रशिक्षकले पारा तेक्वान्दो खेल विकास लागि योगदान दिइ रहेका छन् । उनिहरुलाई सन् १९८८ मा दक्षिण कोरियामा भएको सिओल ओलम्पिकका ओलम्पियन विधान लामा, काठमाडौँ जिल्ला तेक्वान्दो कार्यसमितीका सचिव कुमार लामा घिसिङ र गाम्सा तेक्वान्दो डोजाङका सस्थापक एवम् प्रशिक्षक राजिव जगं बस्नेतले विदाई गरे । तेक्वान्दोका पहिलो ओलम्पियन लामाले कोर्समा उत्कृष्ट ज्ञान सिक्दै नेपालको पारा तेक्वान्दो खेल विकासमा योगदान पु¥याउन शुभकामना दिए ।

Comment