“नेपाली तेक्वान्दोको भविष्य उज्जल छ” डब्लुटिएफ अध्यक्ष डा. चो

wtf-president
तेक्वान्दोको खेलको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)का अध्यक्ष डा. चोङवन चाले नेपाली तेक्वान्दोको भविष्य उज्जल रहेको बताएका छन् । शनिबार स्वयस्भुमा आयोजित एक कार्यक्रममा उनले नेपालले तेक्वान्दो ठुलो योगदान गरेकोमा प्रसंसा गर्दै नेपालले एक दिन ओलम्पियक र विश्व तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्ने दाबि गरे । डा.चोले नेपालमा तेक्वान्दो लोकपृय हुनमा सघंको मेहनत रहेको बताउदै आगामी दिनमा अझै राम्रो गर्दै जाने जनाए । उनले भने– नेपालले पारा तेक्वान्दो र ह्विल चियर तेक्वान्दोको आफ्नो टिम पनि बनाइसकेको छ । साथै पारामा अन्तर्राष्ट्रिय सफलता पनि । त्यसलै नेपाल तेक्वान्दोका लागि उत्कृष्ट छ ।” शनिबार स्वयम्भुनाथ मन्दिरमा उनको स्वागतको लागि नेपाल तेक्वान्दो सघंले आयोजना गरेको कार्यक्रममा तेक्वान्दोको डेमोस्ट्रेशन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल तेक्वान्दो सघंका अध्यक्ष प्रकास सम्सेर राणाले डा. चोलाई स्वागत गरेका थिए । चोले कार्यक्रम पश्चात स्वयम्भू परिक्रम गरेका थिए ।
स्वागत कार्यक्रममा सघंका अध्यक्ष हरिश्वर पोख्रेल,महासचिव दिपराज गुरुङ, सघंका अन्य पदाधिकारी,तेक्वान्दोका पहिलो ओलम्पियन एवम् ओलम्पिकमा तेक्वान्दो प्रदर्शनी खेलमा कास्य पदक विजेता विधान लामा, ओलम्पियनद्धय सगिंना बैद्य र दिपक विष्ट तथा राष्ट्रिय टिमका खेलाडी लगायत तेक्वान्दो कर्मिको उपस्थीती रहेको थियो । डा. चो आइतबार लुम्बिनी जाने कार्यक्रम रहेको छ । डा.चोलाई सघंले विश्वमा तेक्वान्दो खेलको विकासमा पु¥याएको योगदानको कदर गर्दै कात्तिक ९ गते विशेष अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

Comment