चो नेपाल आउने

wtf-president
तेक्वान्दोको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) का अध्यक्ष डा. चोङवन चो शुक्रबार नेपाल आउँदै छन् । पाँचदिने नेपाल भ्रमणका क्रममा चोले बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुका साथै होटल सोल्टीमा शनिबार हुने ग्लोबल कमन सोसाइटी इन्टरनेसनल नामक गैरसरकारी संस्थाको साधारणसभामा पनि सहभागी हुने छन् ।
नेपाल बसाईंका दौरान नेपाल तेक्वान्दो संघले तेक्वान्दो खेलको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै चोलाई अभिनन्दन गर्ने कार्यक्रम छ । चोले राजनैतिक व्यक्तित्व र उच्च ओहदाका पदाधिकारीहरुसंग भेट गर्ने कार्यक्रम पनि रहेको तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणाले जनाएका छन् ।

Comment