गुरुङ सम्मानित

gurunge
नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ शनिबार सम्मानित भएका छन् । दशैंलगायत विभिन्न चाँड पर्वको उपलक्ष्यमा काठमाडौं जिल्ला तेक्वान्दो संघले तेक्वान्दो खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याएवापत सम्मान गरेको हो ।
आपूर्ति मन्त्री दीपक बोहराले गुरुङलाई कदरपत्र प्रदान गरी सम्मान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बोहराले तेक्वान्दोको विकासका लागि प्रस्ताव ल्याए आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Comment