तेक्वान्दो एकेडेमी हलको उद्घाटन

ashok-khadkae
कागेश्वरी–मनहरा नगरपालिकाको डाँछीस्थित नेपाल तेक्वान्दो एकेडेमी (एनटीए) हलको उद्घाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्री दलजीत वि.क. श्रीपालीले एक कार्यक्रमबीच हलको उद्घाटन गरे ।
एनटीए निर्माण प्रयोजनका लागि रहेको करिब ११ आना जग्गा भित्र बनेको हल एनटीएको प्रारम्भिक चरणको कार्य हो । झन्डै ३० लाख खर्चमा हल निर्माण गरिएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । दोश्रो चरणमा ५ देखि १० खेलाडी बस्न मिल्ने होस्टेल निर्माण गरिने खड्काले बताए ।
सोही अवसरमा छैटौं जिआर तेक्वान्दो टिम एन्ड स्पोन्सर मेम्बर, बेलायतले एनटीएलाई म्याट खरिदका लागि २ लाख रुपैयाँ उपलब्ध गराएको थियो । कास्की जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष राजु श्रेष्ठले खड्कालाई चेक हस्तान्तरण गरे ।
त्यस्तै अवसरमा राजुलगायत युनिटी तेक्वान्दो एकेडेमी, हङकङका अध्यक्ष दिल गुरुङ, वरिष्ठ तेक्वान्दो प्रशिक्षक ईश्वरमान वज्राचार्य, नेपाल तेक्वान्दो संघका सदस्य नवीन श्रेष्ठ, मकाउमा रहेका तेक्वान्दो खेलाडी प्रेम भुजेल र कृष्णशरण कार्की, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रचारप्रसार शाखाका प्रशाकसीय अधिकृत लोकेन्द्रकुमार बस्नेत, खेलकुद पत्रकार रामसुदन तिमल्सिना र निरञ्जन राजवंशी, पत्रकार सचिन दाहाल, बाल गिताञ्जली स्कुलका प्रिन्सिपल महेन्द्रराज घिमिरे तथा व्यवासायी रजत श्रेष्ठलगायतलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
हल उद्घाटनकै दिन आयोजित दोश्रो अन्तर डोजाङ तेक्वान्दो प्रतियोगितामा विवेक श्रेष्ठ उत्कृष्ट फाइटर घोषित भए ।

Comment