पारा तेक्वान्दो टोली पोल्यान्डतर्फ

para-teame
पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २ महिला खेलाडीसहित ४ सदस्यीय नेपाली टोली मंगलबार पोल्यान्डको वार्सा प्रस्थान गरेका छन् ।सेप्टेम्बर १६ देखि १७ तारिखसम्म हुने प्रतियोगिताअन्तर्गत के ४४ क्याटगोरीको ४०–५० केजीमा रञ्जना धामी र ५०–६० केजीमा सीता भण्डारीले प्रतिस्पर्धा गर्नेछन् । दुवै खेलाडीले १६ तारिखमा खेल्नेछन् ।
टिम प्रशिक्षकमा कल्याण कुँवर तथा व्यवस्थापकमा दीपक विष्ट रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment