गाम्सा डोजाङद्धारा विभिन्न ब्यक्तित्व सम्मान र विदाई

gamsae
गाम्सा तेक्वान्दो डोजाङले विभिन्न क्षेत्रमा योगदान पु¥याउदै आएका ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । कोटेश्वर स्थीत रेस्टुरेन्टमा शनिबार आयोजित एक कार्यक्रममा डोजाङले शिक्षा,स्वास्थ्य,खेलकुद र समाजमा लामो समयदेखि योगदान पु¥याउदैका आएका ब्यक्तित्वहरुलाई सम्मान ग¥यो । डोजाङले नकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बिमल ढुङ्गेल,श्रमजीवी ट्रेड यूनियन महासघंका उपाध्यक्ष तथा राजनितिज्ञ कुल बहादुर बस्नेत,समाजसेवि देव अन्जन चौलागाइँ,सरस्वती क्लबका उपाध्यक्ष उत्तम भण्डारी,अखिल नेपाल फुटबल सघं(एन्फा)का सि डिभिजन संयोजक एवम् प्लानिङ ब्वाइज युनाईटेडका उपाध्यक्ष दावा लामा,हिमालय स्कुलका प्रिन्सिपल भूवन चक्र जोशी र अन्र्तराष्ट्रिय खेलाडी तथा राजनितिज्ञ उमेश गुरुङलाई सम्मान गरेको थियो ।
उनीहरुलाई प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका स्थायी समिती सदस्य झक्कु प्रसाद सुवेदी र गाम्सा डोजाङ प्रमुख राजिव जगं बस्नेतले सम्मान गरे । सम्मानित हुने ब्यक्तिहरुलाई माओवादी नेता सुवेदी र डाजाङ प्रमुख बस्नेतले दोसल्ला तथा सम्मानपत्रद्धारा सम्मान गरे। कार्यक्रममा पाचौँ युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन जाने तेक्वान्दो टोलीलाई विदाई गरीएको छ । पोल्याण्डको वार्समा सेप्टेम्बर हुने च्याम्पियनसिपमा नेपालका दुई खेलाडी रन्जना धामी र सीता भण्डारी प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवर रहेका छन् । उनिहरुलाई नेता सुवेदीले सफलता हात पारेर आउन शुभकामना दिदै विदाई गरे । कार्यक्रममा टोलीका प्रशिक्षक कुँवरलाई आइटि सोलार ट्रेडर्स म्यानेजिङ डाइरेक्टर तथा गाम्सा तेक्वान्दोका प्रशिक्षक विजय ठाकुरले १० हजार नगद सहयोग हस्तान्तरण गरे ।
त्यस्तै डोजाङले नेपाल तेक्वान्दो सघंको वार्षिक कार्यक्रम अनुसार ग्रेडिङ प्रदान ग¥यो । डोजाङले सेतो देखि पहेँलो १५,पहेँलो देखि हरियो,हरियो देखि निलो र निलो देखि रातोका समान ५–५ खेलाडीलाई गे्रडिङ प्रदान ग¥यो । उनिहरुलाई तेक्वान्दो प्रशिक्षकद्धय कल्याण कुँवर र टिका दत्त दाहाल तथा डोजाङ प्रमुख राजिव कुँवरले ग्रेडिङ प्रदान गरे ।

Comment