पदक विजेताको स्वागत

mondaye
सेइतोकाइ ओपन कराते च्याम्पियनसिपका पदक विजेता मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जनलाई नेपाल कराते महासंघले बधाइ दिनुका साथै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरेको छ ।कराते महासंघका अध्यक्ष दावा गुरुङ, महासंघका सदस्य एवं ब्ल्याकवेल्ट कमिटीका संयोजक नारायणदेव राणा, प्रशिक्षक गंगाराम महर्जन, महेश रन्जितलगायतले उनीहरुलाई स्वागत गरेका थिए ।
फिनल्यान्डको हेल्सिन्कीमा अगष्ट २० र २१ तारिखमा भएको प्रतियोगतामा मन्डेले रजत र कांस्य तथा मुकुन्द्रले रजत जितेको कराते महासंघले जनाएको छ ।

Comment