स्पोर्टस क्लबद्वारा श्रेष्ठको सम्मान

nepal sports clubeनेपाल स्पोर्टस क्लबले ओकिनवा नेपाल फ्रेन्डसशिप एसोसिएसनका अध्यक्ष तथा करातेकर्मी संजिव श्रेष्ठलाई सम्मान गरेको छ । जापानको ओकिनवामा बस्दै आएका धनगढीका श्रेष्ठले नेपालमा कराते खेलको विकास र विस्तार विदेशमा रहेर पनि महत्वपूर्ण योगदान दिएको भन्दै क्लबले सोमबार सम्मान गरेको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य नारायण पौडेल र क्लबका सचिव कुशल श्रेष्ठले संजिवलाई सम्मान पत्र प्रदान गरेका थिए । सोहि अवसरमा संजिव श्रेष्ठले क्लबलाई दैनिक कार्य गर्नका लागि प्रिन्टरसमेत हस्तान्तरण गरे ।
श्रेष्ठले विगतमा नेपाल स्पोर्टस क्लबमार्फत भूकम्प पिडित खेलाडीहरुलाई आर्थिक सहयोग प्रदान गरेका थिए । सम्मान प्राप्त गरेपछि श्रेष्ठले खुसी व्यक्त गर्दै भने, ‘मअहिले नै सम्मानको लायक छैन । अझै देशका लागि केहि गर्नुपर्छ भन्ने छ । त्यसका लागि यहाँहरुको साथ चाहान्छु,’ उनले भने । श्रेष्ठले भक्तपुर गुन्डुमा रहेको विद्यालयमा आर्थिक सहयोग समेत हस्तान्तरण गरेका थिए ।
‘टोकियोमा हुने २०२० ओलम्पिकमा कराते खेल समावेश गरिएकोले नेपाली खेलाडीको वैदेशिक प्रशिक्षणका लागि समेत सहयोग गर्ने बताए। यसले नेपाली खेलाडीलाई थप उत्साह प्रदान गरेको छ,’ क्लबका सचिव कुशल श्रेष्ठले बताए ।

Comment