अनिता–मिलन डोजाङ च्याम्पियन

आयोजक अनिता–मिलन तेक्वान्दो डोजाङले प्रथम अनिता–मिलन उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ अनिता–मिलन च्याम्पियन बन्यो ।३ स्वर्ण, २ रजत र १ कांस्यसाथ शुभम् तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो स्थानको स्टार तेक्वान्दो डोजाङले २ स्वर्ण, २ रजत र ३ कांस्य हात पा¥यो ।
प्रतियोगिताको पुरुषमा स्टारका प्रज्ज्वल लोहनी तथा महिलामा अनिता–मिलनकी पूजा लामा उत्कृष्ट खेलाडी चुनिए । दुईदिने प्रतियोगितामा २ सय खेलाडीले २० स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।

Comment