ह्वाइटफिल्ड तेक्वान्दो गे्रडिङ सम्पन्न

white fielde
नेपाल तेक्वान्दो सघंको वार्षिक कार्यक्रम अनुसार भएको ह्वाइटफिल्ड तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ । नयाँबजारस्थीत ह्वाइटफिल्ड स्कुलमा शनिबार भएको ग्रेडिङमा कुल ३२ खेलाडीको सहभागीता रहेको थियो । खेलाडीलाई तेक्वान्दो प्रशिक्षक एवम् रुकुम जिल्ला तेक्वान्दो कार्यसमीतीका अध्यक्ष गोविन्द शर्माले ग्रेडिङ प्रदान गरेका थिए । एकदिने ग्रेडिङमा ह्वाइटफिल्ड स्कुल तेक्वान्दोका प्रशिक्षक एवम् काठमाडौँ जिल्ला तेक्वान्दो कार्यसमीतीका सचिव कुमार लामा घिसिङले प्रशिक्षण गराएका थिए ।
त्यस्तै तेक्वान्दो सघंको वार्षीक अनुरुप ह्वाइटफिल्ड तेक्वान्दो डोजाङले ग्रेडिङ प्रदान गरेको डोजाङ प्रमुख घिसिङले बताए । सेतो पेटिबाट पहेँलो पेटिमा ८ ,पहेलो पेटिबाट पहेँलो–हरियोमा ६,हरियोबाट निलो ६ र निलोबाट रातोमा १३ खेलाडीलाई ग्रेडिङ प्रदान गरीएको विद्यालयका भाइस प्रिन्सिपल पारस श्रेष्ठले बताए । सो अवसरमा पछिल्लो पटकको पेटि प्रोमोशन भएका खेलाडीलाई विद्यालयका भाईस प्रिन्सिपल श्रेष्ठले पेटि प्रोमोशनको प्रमाण पत्र प्रदान गरे ।

Comment