पारा तेक्वान्दो टोली भारत जाँदै

jde
पारा तेक्वान्दो च्याम्पियनसिप तथा अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार भारतको अहमदाबाद प्रस्थान गर्दैछ ।अगष्ट ५ देखि ७ तारिखसम्म हुने प्रतियोगितामा नवराज कार्की र सोमबहादुर सुनुवारले प्रतिस्पर्धा गर्नेछन् । नवराजले के ४४ तथा सोमले के ४२ क्याटगोरीमा खेल्ने छन् । प्रशिक्षकमा लोकेन्द्र आचार्य तथा अफिसियलमा नेपाल पारा तेक्वान्दो संघका उपाध्यक्ष भीमसेन केसी छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल तेक्वान्दो संघका उपाध्यक्ष समेत रहेका विश्व विश्वविद्यालय तेक्वान्दो महासंघका उपाध्यक्ष प्रदीप जोशी (टेकराज), पारा तेक्वान्दो संघका अध्यक्ष जनार्जन ढुंगेललगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
कार्यक्रममा उपाध्यक्ष जोशीले खेलाडीलाई अवसर प्रदान गर्दै आइरहेकोमा पारा तेक्वान्दो संघको प्रशंसा गर्दै खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न सुझाव दिए ।

Comment