नेपाली कराते खेलाडीको सफलता

karate
भारतीय मार्सलआर्ट सस्थांनले जयपुरमा आयोजना गरेको अन्तराष्ट्रिय कराते नेपाली खेलाडी हरु लाई १९ सोर्ण १२ रजत ८ कास्य करी कुल ३९ पदक सहित दोस्रो भएको छ । प्रतियोगितामा आयोजक राष्ट्र भारत ३१ स्पर्ण सहित पहिलो भयो । भुटानले २ स्वर्ण , २ रजत र १ कास्य पदक हात पार्दै तेश्रो स्थान हात पा¥यो । प्रतियोगितामा नेपाल लगायत भारत ,श्रीलंका ,बंगलादेश ,अफगानिस्तान र भुटान गरि ६ देश का ९०० जना खेलाडीहरु को सहभागिता रहेको थियो । प्रतियोगितामा नेपालबाट ४३ जना खेलाडीको सहभागिता रहेको थियो । प्रकास चन्दको नेतृत्वमा त्यस तर्फ गएको टोलीको प्रशिक्षकमा फूर्पा सिंह तामाङ रहेका थिए । रमेश डाँगी टिम ब्यबस्थापकको रुपमा सहभागि थिए । लाल बहादुर राना, गंगेश्वरी शाही र कृष्ण तिरुवाले रेफ्रीको भूमिका निर्बाह गरेका थिए । प्रतियोगितामा नेपालका कोमल वली ,अरुण वोली ,सुरेश खत्री ,सुरज कुस्मी ,सन्तोष बि,क,कुबेर खड्का ,लोकेश बिस्ट ,सुरज साउद,.दिपा थापा ,अप्सरा लम्साल, रेश्मा तामांग ,शारदा सुनुवार ,सन्देश लामा ,पुजा रानाभाट ,लक्ष्मी रानाभाट ,पुस्तिका शाह , रबिन शाही , निरन्जन के.सी र दिक्षा खड्काले स्वर्ण जिते । दीपक भण्डारी ,प्रकाश भट्ट ,समिक्षा शाही ,किशोर रानामगर ,टेक बहादुर शाही ,संचिता राना ,हरिश बोहरा , कक्ष्मन खाती,.रुपेश श्रेष्ठ, अप्सरा लम्साल ,रेसमा सुनवार र राजेश ठाकुरले रजत पदक जिते । यसैगरी, नरेन्द्र गुरुङ ,अन्जु शर्मा, आयुस्मा रिजाल , हेमराज भट्ट ,प्रकाश बि.क ,.सेर बहादुर बिस्ट,हेमराज बटाला र शंकर बि.कले काश्य पदक जिते ।

Comment