नेपाल ‘बी’ पहिलो

vetran finale
नेपाल ‘बी’ ले प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष टिम इभेन्टमा आइतबार स्वर्ण जितेको छ ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा नेपाल ‘बी’ ले भारत ‘ए’ लाई ३–२ ले पराजित ग¥यो । टिम इभेन्टमा पाँच सिंगल्स खेल समावेश थियो ।
पहिलो सिंगल्समा भारतका प्रकाशले नेपालका रञ्जन सुब्बालाई ११–९, १२–१० र ११–३ को सोझो सेटमा पराजित गरे । त्यस्तै अन्य सिंगल्समा नेपालका धर्ममान वज्राचार्यले भारतका कुमुद राईलाई ९–११, ११–७, ११–६ र ११–३, नेपालका किरण श्रेष्ठले भारतका अविनाश कोथारीलाई ११–५, ११–२, ५–११ र ११–५, भारतका प्रकाशले नेपालका धर्ममानलाई १०–१२, ११–५, ११–७ र १४–१२ तथा नेपालका रञ्जनले भारतका कुमुदलाई १२–१०, ४–११, ८–११, ११–३ र ११–८ ले हराएका थिए ।

Comment