चन्द्रलाई उपाधि

मकानपुर लन टेनिस संघको संयोजनमा मध्यपृतना हेडक्वार्टरको आयोजनामा सञ्चालीत  सामरी स्लाम टेनिस प्रतियेगिताको ४५ बर्ष माथिको खेलमा चन्द्र शाहीले उपाधि जिते । उनले फाइनलमा  सुर्य भुषण बज्राचार्यलाई  ६–१,६–० ले पराजित गरे ।
३५ बर्ष माथिकै खेलमा कष्ण घले र रोहीत सुनुवार फाइनल प्रबेश गरे । फाइनल प्रबेशको क्रममा कृष्णले राजु श्रेष्ठलाई ७–५,६–४ ले हराए । रोहीतले विकास गुरुंगलाई  ६–४,६–३ले  हराए ।
५५ बर्ष माथिको खेलमा मनोज राणा र बिदुर बिस्ट फाइनलमा प्रबेश गरे । फाइनलमा मनोजले पेम्बा ताछीलाई ८–३ ले तथा  बिदुरले भिमलाई  ८–२ ले हराए ।
फन डब्लसमा चन्द्र ठकुरी  र भिम लामा तथा छेवांग लामा र निमा शेर्पाको जोडी फाइनलमा प्रबेश गर्यो । फाइनल प्रबेको क्रममा चन्द्र र भिमको जोडीले रोहीत सुनुवार र गौतम लालको जोडीलाई ८–२ ले पराजित गर्यो । छेवांग र निमाको जोडीले कृष्ण घले र सैलेस महतको जोडी  ८–५ को जित हात पार्या ।
प्रदर्शनी खेलमा महिला तर्फ कृपा शर्माले भजगती बिकलाई ८–२ ले पराजित गरिन् भने ६५ बर्ष माथिको भेट्रानमा  डा. इन्द्रजित राइ चन्द्रमान तुलाधरलाई ८–६ ले पराजित गरे ।

Comment