एसियन जुनियर टेनिस हुने

Manoj Shiama
20 July, 2016 9:19 am

अखिल नेपाल लनटेनिस संघको आयोजनामा एएनएलटीए एसियन जुनियर टुर सर्किट १ एन्ड २ सेप्टेम्बरमा हुने भएको छ । सर्किट १ सेप्टेम्बर ३ देखि १० तथा सर्किट २ सोही महिनाको ११ देखि १७ तारिखसम्म हुनेछ ।
पुरुष÷महिलाको सिंगल्स र डबल्समा खेल हुने आयोजक संघकी अध्यक्ष ज्योति राणाले जनाएकी छन् । यु–१४ उमेरसमूहका खेलाडी सहभागी हुने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।