कोरियामा नेपाली तेक्वान्दोलाई चार स्वर्ण र तीन रजत

taek expo1
दक्षिण कोरियामा भएको दशौँ विश्व तेक्वान्दो कल्चरल एक्सपोमा नेपाली तेक्वान्दो टोलीले चार स्वर्ण र तीन कास्य सहित सात पदक हात पारेका छन् । नेपाली टोलीले जुलाई १४ देखि १८ सम्म भएको तेक्वान्दोको पुम्सेतर्फ एक स्वर्ण र तीन कास्य तथा ग्यरोगीमा तीन स्वर्ण हात पारेको नेपाली टोलीका प्रशिक्षक कुमार लामा घिसिङले बताए । दक्षिण कोरियाको मुजुमा भएको विश्व तेक्वान्दोमा सुभम श्रेष्ठले पुम्सेमा रसियालाई हराउदै स्वर्ण जिते । सोही विधाको सेमिफाइनमा हार बेहोरेका बेदान्त बस्न्यात,अनुस्का शिंह सुवाल र लुनिभा श्रेष्ठले कास्य पदक पाए । अन्तीम चारमा बेदान्तले स्पेनसँग,अनुस्काले जापान र लुनिभाले कोरियासँग हार बेहोरेकी थिइन् ।
त्यस्तै ग्यरोगीतर्फको ८० केजीमाथी अनिष महर्जनले नेपाललाई स्वर्ण दिलाए । महर्जनले फाइनलमा कोरियालाई हराउदै स्वर्ण पदक शुरक्षित गरे । उनले सेमिफाइनलमा फ्रान्सलाई हराउदै स्वर्ण पदकको लागि आफ्नो चूनौती पेश गरेका थिए । यू–१५ उमेर समुहको फाइटमा रिको चो श्रेष्ठले स्वर्ण जिते । रिकोले फाइनलमा चिनका खेलाडीलाई स्तब्ध पार्दै स्वर्ण पदक आफ्नो बनाए । यसअघि उनि भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । फाइटकै यू–९ उमेर समुहमा युकेन चौगुथीले क्यानडाका खेलाडीलाई हराउदै स्वर्ण पदक हात पारे ।

Comment