हिमालायन तेक्वान्दोको उपाधी बागलुङ्गलाई

taek pokharae
कास्की जिल्ला तेक्वान्दो संघ १० औं वर्षमा प्रवेश गरेको अवसरमा पोखरामा आयोजित ‘हिमालायन कम्पुटर प्रदेश नम्बर चार स्तरियय अन्तर जिल्ला तेक्वन्दो प्रतियोगिता’को उपाधी वागलुङ्ग जिल्लाले हात पारेको छ । बाग्लुङ जिल्लाले उपाधी प्राप्त गर्दै प्रतियोगितामा चार स्वर्ण, एक रजत र एक काश्य पदक प्राप्त गरेको थियो ।
यसै गरि पर्बत जिल्लाले चार स्वर्ण र दुई रजत प्राप्त गर्दै दितिय स्थान पायो भने कास्की जिल्लो एक स्वर्ण, चार रजत र तीन काश्य सहित तेश्रो भयो । प्रतियोगितामा कास्कीकी नयना मगरले महिला तर्फ उत्कृष्ट खेलाडीको उपाधी प्राप्त गरिन भने पुरुष तर्फ पर्बतका दिपेश गुरुङले प्राप्त गरे । प्रतियोगितामा प्रदेश नं. ४ अन्तर्गत गोरखा, तनहँु, पर्वत, बाग्लुङ, म्याग्दी र कास्की गरी ६ जिल्लाका ६० जना खेलाडीहरुको सहभागिता रहको थियो ।

प्रतियोगितामा विजयी खेलाडी तथा टिमहरुलाई पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकर प्रसाद कोइराला र पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक कमल सिंह बम लगायतले बिजयी टिम तथा खेलाडीहरु लाई पुरस्कार वितरण गरे ।
वि.सं. २०६४ सालमा स्थापना भएको कास्की जिल्ला तेक्वान्दो संघले स्थापना कालदेखि नै तेक्वान्दो खेल विकासका लागि विभिन्न स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु नियमित रुपमा संचालन गर्दै आइरहेको छ । संघले २०७२ फागुनमा संघले पोखरामा आयोजित अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता “२०१६ पोखरा विश्व तेक्वान्दो हान्मादाङ” समेत आयोजना गरिसकेको छ । संघका गतिविधिबाट तेक्वान्दो खेलको मात्र विकास नभई समग्र पर्यटन क्षेत्र समेत लाभान्वित भएको अध्यक्ष जगन गुरुङ्गले वताए ।
पोखरा रंगशालामा दुइ दिन सम्म संचालन भएको सो प्रतियोतिाको खर्च ४ लाख ९२ हजार रहेको जिल्ला तेक्वान्दो संघका सचिव राजन पौडेलले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजन हिमालयन कम्पुयुटर पोखराले गरेको थियो ।

Comment