पोखरामा तेक्वान्दो प्रतियोगिता सुरु

कास्की जिल्ला तेक्वान्दो संघ १० औं वर्षमा प्रवेश गरेको अवसरमा “हिमालयन कम्प्युटर प्रदेश नंं. ४ स्तरीय अन्तर जिल्ला तेक्वान्दो प्रतियोगिता – २०७३” विहिवार वाट पोखरामा सुरु भयो । कुल दश तौल समूहमा खेलाईने सो खेलमा प्रदेश नं. ४ अन्तर्गत गोरखा, तनहँु, पर्वत, बाग्लुङ, म्याग्दी र कास्की गरी ६ जिल्लाका ६० जना खेलाडीहरुको सहभागिता रहको छ ।प्रतियोगिताको मुूुल संयोजकमा कुमार गुरुङ्ग र विभिन्न समिति अन्तर्गत संयोजकहरुमा निर्णायक व्यवस्थापनमा सुन बहादुर लामा, आर्थिकमा बलराम लामा, टिम व्यवस्थापन तथा प्राथमिक उपचारमा ललितबहादुर धामी, हल व्यवस्थापनमा राजन पौडेल, मेडल तथा प्रमाणपत्र व्यवस्थापनमा किरण गौतम र सूचना तथा अतिथि सम्पर्क व्यवस्थापनमा कुलचन्द्र शर्मा रहेका छन ।
पोखरा रंगशालामा दुइ दिन सम्म संचालन हने सो प्रतियोतिाको खर्च ४ लाख ९२ हजार हुने जिल्ला तेक्वोन्दो संघका अध्यक्ष जगन गुरुङ्गले जानकारी दिए । वि.सं. २०६४ सालमा स्थापना भएको कास्की जिल्ला तेक्वान्दो संघले स्थापना कालदेखि नै तेक्वान्दो खेल विकासका लागि विभिन्न स्थानिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु नियमित रुपमा संचालन गर्दै आइरहेको छ । संघले २०७२ फागुनमा  पोखरामा आयोजित अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता “२०१६ पोखरा विश्व तेक्वान्दो हान्मादाङ” समेत आयोजना गरिसकेको छ । संघका गतिविधिबाट तेक्वान्दो खेलको मात्र विकास नभई समग्र पर्यटन क्षेत्र समेत लाभान्वित भएको अध्यक्ष गुरुङ्गले वताए ।

Comment