तेक्वान्दो टोली दक्षिण कोरिया प्रस्थान

taek koreae
दक्षिण कोरियामा हुने दशौँ विश्व तेक्वान्दो कल्चरल एक्सपोमा सहभागी हुने जाने खेलाडीलाई बुधबार बिदाई गरीएको छ । खेल जुलाई १४ देखि १९ सम्म कोरियाको मोजुमा हुनेछन् । त्रिपुरेश्वरस्थीत दशरथ रगंशालाको केन्द्रिय तेक्वान्दो हलमा आयोजित कार्यक्रममा ७ खेलाडी र एक टिम ब्यवस्थापकलाई बिदाई गरीएको छ ।
टोलीलाई तेक्वान्दो सघंका उपाध्यक्ष हरिश्वर पोख्रेल,केन्द्रिय सदस्य बद्धि घिमिरे,पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवर र पशुपति तेक्वान्दो डोजाङ प्रमुख नेगीराज लामा लगायतले बिदाई गरे । टोली बिहीबार नै कोरिया प्रस्थान गरे । प्रतियोगितामा अनिष महर्जन,युकेन चौगुथी र बेदान्त बस्नेतले पुम्से र ग्यरोगी दुवैतर्फ प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै रिक चो श्रेष्ठ,लुनिभा श्रेष्ठ,अनुस्का शिंह सुवाल र सुभम श्रृष्ठले पुम्सेमा मात्र प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँ जिल्ला तेक्वान्दो कार्यसमितीका सचिव कुमार लामा घिसिङले टिम ब्यवस्थापकको भूमिका निर्वाह गर्नेछन् । बिदाई कार्यक्रममा तेक्वान्दो सघंका उपाध्यक्ष हरिश्वर पोख्रेलले आफ्नो लागि भन्दा देशको शान र मानका लागि खेलको स्मरण गर्दै खेलेमा सफलता हात पार्ने बताए ।

Comment