सुजन र दीपिकालाई स्वर्ण

प्रथम प्रधानमन्त्रीकप विश्वविद्यालय स्तरीय राष्ट्रिय खेलकुद अन्तर्गत टेबलटेनिसको पुरुष सिंगल्समा केयूका सुजन पन्त र महिला सिंगल्समा केयूकै दीपिका श्रेष्ठले स्वर्ण जिते । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुजनले पीयूका प्रवेश न्यौपानेलाई ३–१ तथा दीपिकाले केयूकै रेज्शा कोटेजालाई ३–० को सेटमा पराजित गरे ।
पुरुष डबल्समा केयूका अविन प्रजापति र सुजन पन्तको जोडीले टीयूका महेश ढकाल र ज्ञानेन्द्र भुजेलको जोडीलाई ३–१ ले पाखा लगाउदै शीर्ष स्थान हात पारे । सो स्पर्धाको महिलामा केयूका रेज्शा र दीपिकाको जोडी पहिलो भए । फाइनलमा उक्त जोडीले टीयूका खेमकुमारी ढुंगाना र सरिता तामाङको जोडीलाई ३–१ ले पन्छाए ।

Comment