जुनियर टेबल टेनिस टोली कराँची जाँदै

दक्षिण एसियाली क्याडेट तथा जुनियर टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबलटेनिस टोली मंगलबार पाकिस्तानको कराँची प्रस्थान गर्दैछ । जुनियर ब्वाइजतर्फ सुबोध लिम्बू, विपुल महर्जन, नारायण घिमिरे र घनश्याम शर्मा अर्याल तथा गल्र्समा सोनु थापा मगर, सिका सुवाल श्रेष्ठ, लश्ता महर्जन र सुजाता दुवालले प्रतिस्पर्धा गर्नेछन् ।
क्याडेट ब्वाइजमा रितिज जोशी, संयोग कपाली र एलेक्स महर्जन तथा गल्र्समा दीक्षा दाहाल, अन्जु सुवाल र मारिया थापा मगरले भाग लिने छन् । टोलीलाई सफलताको शुभकामना दिदै अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, वरिष्ठ उपाध्यक्ष बृजेन्द्र हमाल, महासचिव कुवेर प्रकाश सिंह लगायतले एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिताजुलाई १५ देखि १७ तारिखसम्म सञ्चालन हुनेछ ।

Comment