अबिनको जित

openinge
प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद अन्तर्गत लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको टेबलटेनिसको पुरुष सिंगल्समा केयूका अविन प्रजापति, कृषिका अनिश शाक्य, पूर्वाञ्चलका प्रवेश न्यौपाने तथा केयूका सुजन पन्तले सेमिफाइनलयात्रा तय गरे । उक्त स्पर्धाको महिलामा केयूकी दिपिका श्रेष्ठ, सुदूरपश्चिमाञ्चलकी देवकी भट्ट, केयूकी रेज्शा कोटेजा तथा कृषिकी निशा श्रेष्ठ सेमिफाइनलम ापुगे ।
प्रतियोगिताको युवातथा खेलकुदमन्त्री सत्यनारायणमण्डलले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राखेप उपाध्यक्ष लामा टेन्डी शेर्पा, राखेप सदस्य एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक गंगाबहादुर थापा, राखेप अन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख एवं समितिका सचिव प्रकाश चन्द्र घिमिरेले विश्वविद्यालय खेलकुद प्रतियोगिताको विविध पक्षबारे प्रकाश पारेका थिए । तीनदिने प्रतियोगितामा विभिन्न ५ खेलमा भिन्न ८ विश्वविद्यालयका २ सय ७ खेलाडी सहभागी छन् ।

Comment