मुलपानी डोजाङको २० औं बार्षिक उत्सव सम्पन्न

taeke
मुलपानी तेक्वान्दो डोजाङको २० औं बार्षिक उत्सवको अवसरमा एक दिने अन्तरडोजाङ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । डा“छीस्थित नेप्लिज तेक्वान्दो एकेडेमीको हलमा भएको कार्यक्रममा करिब सय जना खेलाडीहरुले विभिन्न बाह्रतौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा सर्वोकृष्ट खेलाडीका रुपमा नेप्लिज तेक्वान्दो एकेडेमीका विबेक श्रेष्ठ घोषित भए । त्यसैगरी, कार्यक्रममा मुलपानी तेक्वान्दो डोजाङका खेलाडीहरुले तेक्वान्दोको राष्ट्रिय गीतमा आकर्षक खेलको प्रर्दशनी पनि गरेका थिए । मुलपानी डोजाङले काठमाडौं पूर्व क्षेत्रमा रहेका वीस वटा विद्यालयबाट प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान समेत गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सांसद दीपकप्रसाद कुईंकेल, विशिष्ट अतिथिद्धय नेपाल तेक्वान्दो संघका सदस्य एवं तेक्वान्दोका सहायक मुख्य प्रशिक्षक नविककुमार श्रेष्ठ र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव एवं करातेका राष्ट्रिय प्रशिक्षक दिपक श्रेष्ठ र अतिथिहरु क्रमशः लक्ष्मीप्रसाद कुईंकेल, कृष्णजी खड्का, मकुन्द गजुरेल, प्रमोद पराजुली, समाजसेवी उर्मिला श्रेष्ठले सयुक्तरुपमा खेलाडी तथा विद्यार्थीहरुलाई पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बालगीताञ्जली विद्यालयका विद्यार्थी तथा एनटीएका खेलाडीहरुले विभिन्न नृत्य प्रस्तुत गरे भने प्रतियोगिता सम्पन्न गर्नका लागि मकुन्द गजुरेल, उर्मिला श्रेष्ठ, दिनेशकुमार मानन्धरले आर्थिक सहयोग गरेको मुलपानी डोजाङले जनाएको छ । सोहि अवसरमा कार्यक्रमका सभापति तेक्वान्दो खेलाडी अशोक खड्कालाई प्रमुख अतिथि सांसद दीपकप्रसाई कुईंकेलले नेपाली राष्ट्रिय झण्डा दि“दै १० औं विश्व तेक्वान्दो एस्पोमा सहभागीताका लागि विदाई गरेका थिए । सो प्रतियोगिता कोरियाको मुजु शहरमा जुलाई १४ देखि १९ सम्म हु“दै छ ।

Comment