कराते टोली बैंकक जाने

karatee
थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १३ खेलाडीसहित २० सदस्यीय नेपाली कराते टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । अनु अधिकारी र सोनाम लामाले ५० केजी, मल्लिका थापा, विजय लामा, सोनाम लामा र रोहित बुढाथोकीले ५५ केजी, राम तामाङ र लक्ष्मण तामाङले ६० केजी, मुकुन्द्र महर्जनले ६७ केजी, रवि महर्जनले ८४ केजीमाथि, कालीबहादुर घर्ती मगरले ७५ केजी तथा मन्डेकाजी श्रेष्ठ र रविन्द्र मानन्धरले एकल कातामा प्रतिस्पर्धा गर्नेछन् ।
टोली नेतामा कृष्णबहादुर केसी, व्यवस्थापकमा राकेश श्रेष्ठ, प्रशिक्षकमा दीपक श्रेष्ठ र सन्तबहादुर तामाङ (विजय) तथा अफिसियलमा कुलबहादुर थापा, रामकृष्ण श्रेष्ठ र काजीमान श्रेष्ठ रहेका छन् । निर्णायकमा सञ्जय रन्जित छन् ।टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल र नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता जुलाई १२ देखि १६ तारिखसम्म सञ्चालन हुनेछ ।

Comment