नेपाली प्रवासि सितोरियो कराते संघको सम्मान कार्यक्रम

malayasia sammane

नेपाली प्रवासि सितोरियो कराते संघले मलेशियामा विभिन्न क्षेत्रमा क्रियाशिल ब्याक्तीहरुलाइ सम्मान गरेको छ । आइतबार कराते संघले मलेशियामा रहि नेपाली खेलकुद र सामाजिक क्षेत्रमा योगदान पु¥याएवापत खेलाडी र समाजसेवी तथा पत्रकारहरुलाई सम्मान गरेको हो । कराते संघले फीलीपीन्समा भएको अन्तराष्ट्रिय निसिमुरा कप कराते प्रतियोगितामा नेपालीको तर्फबाट स्वर्ण र कास्य पदक पाउने खेलाडिलाई सम्मान गरेको हो । साथै मलेशियामा भएका प्रतियोगिताका पदक विजेता खेलाडीलाइ पनि सम्मान गरेको छ । राजधानी क्वालालम्पुरमा भएको कार्यक्रममा पदक विजेता तथा मलेसियाका सक्रिय खेलाडी, प्रवासमा रहेर सक्रिय रुपमा बिभिन्न व्यवसायमा लागेका संघ संस्था देखि पत्रकारसम्मलाई सम्मान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा नेपाली राजदूतावासका द्धितीय सचिव उत्तम शाहीले प्रवासमा रहि अरुको नियन्त्रणमा हुदाँ हुदै पनि खेलजगतलाई अगाडि बढाइ प्रगति उन्नति गर्न सफल भएकोमा संघ प्रति आभार व्यक्त गर्दै गरे । केही महिना अगाडिमात्र स्वर्ण तथा कास्य पदक पाउन सफल मलेसियाका दुबै खेलाडि र टिमलाई उनले शुभकामना दिए ।
कार्यक्रमका बिशेष अतिथि गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष विश्व राईले नेपालीहरु जहाँ जस्तो काम गरे पनि आफ्नो पेशा संगै नेपालीको नाम विश्वमा नै चिनाउनु सफल भएकाले सबैको शिर उचोँ भएको धारणा ब्यक्त गरे ।
संघले फिलिपिन्समा सम्पन्न प्रतियोगितामा स्वर्ण पदक विजेता र सेलनाइत एसियन कराते कपमा रजत पदक विजेता कर्ण बहादुर राई र फिलिपिन्सकको प्रतियोगितामा नै कास्य पदक ल्याउने अजित तामाङ लाई सम्मान गरेको थियो । मलेशियामा भएको पहिलो मायोर कपमा स्वर्ण पदक मोहम्मद शेख आलम, रजद पदक विजेता उद्धब भण्डारि तथा सेलनाइत एसियन कप र के के अन्तरास्ट्रिय कराते प्रतियोगितामा दुइटा रजत पदक विजेता कमल बराइलीका साथै मेलो ओपन अन्तराष्ट्रिय कराते प्रतियोगिताका कास्य पदक विजेता दिपक बहादुर बोहोरा लगायतका खेलाडी पनि सम्मानीत भए । साथै पत्रकारिता मार्फत नेपाली खेलकुद र मलेशियामा नेपाली समाजसेवामा योगदान पुर्याएवापत कान्तिपुर कर्मी रामचन्द्र गिरि र उद्धार मासिकका प्रधानसम्पादक एवं दैनिक पोस्ट डट कमका सम्वाददाता रवि भट्ट सम्मानित भए ।
त्यस्तै मलेसियामा रहेका एनआरएन एनसिसिका केन्द्रिय सल्लाहकार तथा एनआर एन मलेसियाका पूर्ब अध्यक्ष शंकर बहादुर पौडेल, जिफन्ट ग्रुपका संयोजक वेद कुमार खतिवडा र ग्याल्जेन लामा पनि सम्मानित भए । कार्यक्रममा यस अघि नेपाली खेलकुद क्षेत्रमा प्रबर्द्धन र विकासमा सहयोग गरेबापत ब्यापारीहरु नेत्र केसि , कालु गुरुङ, माइकल लामा साथै सिनियर कराते खेलाडी भिम बहादुर महर लगायतका ब्याक्तित्व हरुलाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा जन प्रगतिशिल मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे, जन सम्पर्क समितिका उप सभापति कमल गौतम, एनआर एन मलेसियाका संरक्षक भवानी शंकर तिवारी र नेपाल आदिवासि जनजाति महासंघका अध्यक्ष दिपक तामाङ लगायतको उपस्थिति रहेको थियो । अमीर अधिकारीको संञ्चालन रहेको उक्त कार्यक्रममा कार्यक्रमका सभापति तथा कराते संघ मलेसियाका अध्यक्ष एबं प्रमुख प्रशिक्षक योगेन्द्र कोईरालाले हरेक क्षेत्रबाट सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिदै खेलाडिहरुको अझ मनोबल उच्च रहने र बैकंकमा हुन लागेको खेलमा पनि संघले भाग लिने जानाकारी दिए । साथै आगामी दिनमा चाडैंनै नेपाली प्रवासी सितोरियो कराते संघले एसिया प्यासिफिक सितोरियो कराते महासंघ सङ र टेडिशनल सितोकाइ कराते संघ मलेसियासंग अनुमति लिइ फ्रेन्डसीप अन्तरास्ट्रिय कराते प्रतियोगिता गराउने योजना बनाएको उनले बताए ।

Comment