दक्षिणाको बिदाइ

dakshinae
रसियाको याकुजमा जुलाइ ५ देखि १२ तारिखसम्म हुने छैटौं चिल्र्डेन अफ एसिया अन्तर्राष्ट्रिय स्पोर्टस गेम्स अन्तर्गत तेक्वान्दोमा सहभागी हुने आफ्ना खेलाडीलाई युनाइटेड तेक्वान्दो डोजाङले आइतबार बिदाइ गरेको छ ।
नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेल र डोजाङ प्रमुखकुमार घिसिङ लामाले दक्षिणालाई कालिमाटीस्थित डोजाङमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । दक्षिणाले ४२ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । दक्षिणा सहित तेक्वान्दोमा पुरुष ४८ केजीमुनि गोविन्दबहादुर आलेले पनि प्रतिस्पर्धा गर्नेछन् । सोही अवसरमा टिम प्रशिक्षक गोविन्द प्रसाद शर्मालाई पनि बिदाइ गरियो । उनीहरु सोमबार प्रस्थान गर्दैछन् ।

Comment