स्वर्णपदक विजेता सम्मान तथा तेक्वान्दो हल उद्घाटन

taekwondo newsee
चितवनको पहिलो नवनिर्मीत तेक्वान्दो हलको शनिबार उद्घाटन भएको छ । कुमरोज तेक्वोन्दो डोजाङको आयोजनामा भएको २५ लाख लागतको नबनिर्मित तेक्वोन्दो हलको उद्घाटन प्रमुख अतिथी खैरहनी नगरपालिका कार्यकारी अधिकृत अमरनाथ ढकाल,कुमरोज सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष हिरा बहादुर गुरुङ र प्रशिक्षक कल्याण कुवर लगायतले गरे । उक्त हल निर्माणमा कुमरोज अध्ययन केन्द्रको सहयोगमा निर्माण भएको डोजाङले जनायो ।
सो अवसरमा चितवन जिल्ला तेक्वान्दो कार्यसमीतीका कार्यवहाक अध्यक्ष गोपाल श्रेष्ठ,सचिव सैलेस श्रेष्ठ ,कोषाध्यक्ष प्रदिप श्रेष्ठ,सदस्य किरन श्रेष्ठ,समाजसेवी भिम्सेन बस्नेत रकुमरोज डोजाङका अध्यक्ष सुजन बस्नेत लगायतको उपस्थीती रहेको थियो । सो उच्चस्तरीय प्रशिक्षण हलमा ५० खेलाडीले एकैपटक प्रशिक्षण क्षमता रहेको डोजाङ प्रमुख अविशेक गौतमले बताए ।
कार्यक्रममा दार्जलिङ आमन्त्रण तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक विजेता शेखर उप्रेती र शिला गुरुङलाई सम्मान गरीएको थियो । खैरहनी नगरपालिका र कुमरोज सामुदायिक बन उपभोक्ता समितीले तेक्वान्दो हलका लागि सहयोग गरेको थियो । सोही डोजाङका लागि एक लाख बराबरको म्याट लगायत खेल सामाग्री खैरहनी नगरपालिकाले सहयोग गरेको डोजाङ प्रमुख अभिशेक गौतमले बताए ।

Comment