तेक्वान्दो स्टार मनीताको अभिनय रहेको चलचित्र प्रदर्शनमा

अमेरिकाको पोर्टल्यान्डको हलिउड थिएटरमा रिलिज भएर प्रशंसा बटुलेको तेक्वान्दो सम्बन्धी नेपाली सामाजिक कथा बस्तु र देशप्रेमको भावना बोकेको चलचत्रि रिलेशन शुक्रबारबाट देशभरिका हलहरुमा प्रर्दशनमा आएको छ । पोर्टल्यान्डमा नेपाली र विदेशीहरुले समेत चलचित्र हेरेर प्रशंसा गरेपछि चलिचत्रिका निर्माता तथा नायक ग्रान्डमास्टर दिवाकर डान महर्जन उत्साहित छन् ।नेपाल र अमेरिकाका बाहेक नेपाली खेलाडीह रहेका अन्य देशहरुमा समेत चलचीत्रको माग भइरहेकाले पनि निर्माता महर्जन र निर्देशक दिपेन्द्र दाहाललाई उत्साहित बनाएको छ । फरक धारमा बनेको चलचित्र रिलेशन खेलाडी र नेपाली माटो मन पराउनेका लागि आकर्षित गर्न सफल हुने छ ।
चलचत्रि रिलेशनले नेपालको मौलिकता झल्काएका कारण पनि अमेरिकामा बसोबास गर्दै आएका नेपालीले मन पारएको उनको बुझाइछ । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा सर्वाधिक सफलता दिलाउने खेलमध्येका एक तेक्वान्दो खेललाई चलचत्रिमा समेटिएका कारण पनि शुक्रबारबाट रिरिलज हुने यो चलचित्रले नेपाली बजारमा फरक छाप छोड्ने विश्वास निर्देशक दिपेन्द्र दाहालले गरेका छन् । अमेरिकामा चलचित्र रिलेशनको प्रतिक्रियाबाट उत्साहित भएका निर्माता दिवाकर महर्जनले अर्काेचलचित्र बनाउन आफूलाई प्रेरणा मिलेको बताउँदै अमेरिकाबाट उनले भने ,‘नेपालमा रिलेशनको पदर्शनबाट मैले फरक आश गरेको छु । विशुद्ध नेपालीपना र तेक्वान्दो खेललाई समेटिएका कारण पनि चलचित्र अन्य व्यवसायीक चलचत्रि भन्दा फरक छ भन्ने मैले बुझेको छु ।’ ‘समाजमा रहेको विकृति र विसंगतीलाई तेक्वान्दो खेलमार्फत सुधार गरिएको कुरालाई चलचित्रमा समेटिएको छ । यसले सम्पूर्ण नेपाली खेलाडीलाई हौसला प्रदान समेत गरेको छ,’ निर्देशक दाहालले भने । तेक्वान्दोमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल रहेका दीवाकर डान महर्जनले चलचित्रमार्फत फरक पहिचान स्थापित गर्न सफल हुने विश्वास रिलेशन दिएको छ । सो चलचित्रमा अमेरिकी कलाकार क्रिष्टिना नुनासको उत्कृष्ट अभिनय हेर्न पाइन्छ । चलचत्रिका केहि दृश्य अमेरिकामा समेत सुटिङ गरिएको छ ।
नेपालमा तेक्वान्दो खेल भित्राएका गुरु जेके सिनको तेक्वान्दो स्कुलिङलाई चलचत्रिमा समेटिएको छ । त्यसैगरि चलचित्रमा नेपालकी चर्चित तेक्वान्दो खेलाडी मनिता शाहीको समेत अभिनय रहेको छ । अन्य स्थापित कलाकारहरुमा रमेश केसी, शुसिल पोखरेल, लक्ष्मणविक्रम बस्नेत, विद्या कार्की, उपेन्द्र तिमल्सिना, दिशेन श्रेष्ठ, राधा श्रेष्ठ, गीता अधिकारी, लक्ष्मण थामी, सुदि कुँवर, कृष्ण रिसाल, महिमा सिलवालको अनिभयन रहेको छ । गोविन्द्र प्रभातको नृत्य निर्देशन रहेको छ भने अष्टमहजृन र कुमार महर्जनले द्वन्द्व निर्दशेन गरेका छन् ।

Comment